मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्ला स्थित स्थानीय तहहरुमा वडा समिति मार्फत राहत वितरणको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । प्रमुख खुलालले जिल्ला स्थित १० वटै पालिकालाई पत्राचार मार्फत एक द्धार प्रणलीबाट वडा प्रतिनिधि मार्फत राहत वितरणको व्यवस्था गर्न आग्रह गर्नूभएकाे हाे ।
नेपाल सरकारको चैत्र १६ गतेको निर्णय अनुसार संघ, संस्थाहरुले जथाभावी राहत तथा खाद्य सामग्री बाँडन, विभिन्न स्थानहरुमा भिड जम्मा गर्ने पाईएकाले त्यस्तो कार्य तुरुन्त रोक्न प्रमुख खुलालले आग्रह गर्नुभएको छ । साथै जिसस प्रमुख खुलालले वडा सहयोग समिति बनाई एक द्धार प्रणलीबाट वडा प्रतिनिधिहरु मार्फत मात्र राहत वितरण गर्नुपर्ने भएकाले वास्तविक दैनीक ज्यालादारी मजदुरी गरेर छाक टार्नेको मात्र नाम, परिवार संख्या संकलन गरि राहतका लागि सम्बन्धीत निकायमा पठाउन समेत सबै पालिकाहरुलाई आग्रह गर्नुभएको छ । उहाँले विदेश तथा छिमेकी मुलुकबाट आएका व्यक्तिहरुको विवरण केही पालिकाहरुबाट आईनसकेकाले यथासिघ्र पठाउनु समेत आग्रह गर्नुभएकाे छ ।