हेटाैंडा – नेपाली काग्रेशका वरिष्ठ नेता रामचन्द् पौडेलले काग्रेश पाटी भित्रैबाट सुधारको खाँचो रहेको वताउनुभएको छ । नेपाली काग्रेश मकवानपुरले मंगलबार हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले काग्रेश पार्टी भित्रैबाट सुध्रन जरुरी रहेको वताउनुभयो ।
उहाँले गुटबन्दी गरेर पार्टी कब्जा गर्ने परिपाटी त्याग्न नेतृत्वलाई सुझाब दिनुभयो । उहाँले पार्टी भित्रको तानाशाही प्रवृती त्याग्नका लागि आग्रह गर्दै उहाँले भन्नुभयो–“काग्रेशको महाधिवेसन गरौ र पाटी भित्रको तानाशाही फालौ।” उहाँले अरुको बैशाखी टेकेर उभिने पार्टी काग्रेश हुन नसक्ने भन्दै एउटा मापदण्डका आधारमा काग्रेश पार्टी एक हुनुपर्ने वताउनुभयो । काग्रेश पार्टीमा निर्णय गर्ने क्षमता हराइसकेको वताउँदै नेता पौडेलले भन्नुभयो–“काग्रेशमा निर्णय गर्ने क्षमता छैन । संघीय सरकारको मन्त्री नियुक्तिमै तीन महिना लाग्छ ?” उहाँले अहिलेको अवस्थामा पार्टीको हालत र संबैधानिक निकायको यस्तो हालत कसले वनायो ? भनेर पश्न समेत गर्नुभयो । साढे पाँच वर्षको अवधिसम्म पनि काग्रेशले आफ्नो पाटी भित्रको चुनाब गराउन नसक्नेले अरु चुनाबमा भाग लिन सक्छकी सक्दैन ? उहाँले पाटी नेतृत्वलाई प्रश्न गर्नुभयो । पाटीको क्रियाशिल सदस्यको विवाद अझै नटुङ्ग्याएकोमा समेत उहाँले असन्तुष्टी व्यक्त गर्नुभयो ।