फाेटाे– दिपेन्द्र सुवेदीकाे फेशबुक वालबाट

मकवानपुर– विश्वलाई आक्रान्त पारिरहेको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण बिहीबारदेखि हेटौंडामा नै हुने भएको छ । बागमती प्रदेशको राजधानी हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा भाेली बिहीबारबाट काेभिड–१९ काे पिरक्षण हुने भएकाे हाे ।

ल्यावका आवस्यक सबै सामग्रीहरु र जनशक्ति हेटौंडा आइसकेकाे तथा ल्यावमा मेसिन जडान गर्ने कार्य अन्तिम चरणमा पुगेकोले भोलि विहान १० वजे देखि नियमित रूपमा परीक्षण सुरू हुने सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख दिपेन्द्र सुवेदीले बताउनुभयाे । हेटौंडामा भएको उपकरण सञ्चलन गर्ने विज्ञ र थप सामाग्री नहुँदा उपयोग विहीन बनेको मेसिनलाई प्रयोगमा ल्याएपछि अब कोरोना भाइरसको परीक्षणका लागि काठमाडौं पठाउनु पर्ने बाध्यता हट्ने भएको छ ।