हेटौंडा – स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार पाख्रीनको प्यानल नै भएको छ । कुल १४८३ मतमा ५४५ मत प्राप्त गरि पाख्रीन वडाअध्यक्ष पदमा विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ४२४ मत प्राप्त गनुर्रेभयो, भने अर्का प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वारले ४२० मत प्राप्त गर्नु भएको थियो । त्यस्तै सदस्यहरुमा पनि नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर रुम्बा, सुकराम मुक्तान, चमेली माया थिङ र कमला विश्वकर्मा विजयी हुनु भएको छ ।