हेटौंडा – स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका सुमन श्रेष्ठको प्यानल नै विजयी भएको छ । श्रेष्ठ ११२० मत ल्याई विजय हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बैकुण्ठ थापा मगरले ७५८ मत प्राप्त गर्नुभएको छ । योसंगै ईन्द्रसरोवरमा कांग्रेसले दुईवटा वडामा वजिय हासिल गरेको छ । यस अघि वडा नम्बर १ मा कांग्रेसको तर्फबाट वडा अध्यक्षमा सुवास थापा ७४४ मत ल्याएर प्यानल नै विजयी हुनु भएको थियो । उहाँको निकटतम प्रतिद्धन्दी नेकपा एमालेका राजु बस्नेतले ५८५ मत प्राप्त गर्नुभएको थियो । ईन्द्रसरोवर गाउँपालिको अध्यक्षमा भने, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले १८१४ र उपाध्यक्ष १८६४ तथा एमालेका उम्मेदवारले अध्यक्षमा १४९० र उपाध्यक्षमा १४४३ मत प्रात गर्नुभएको छ ।