हेटौंडा– मकवानपुरमा शनिबार मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग स्थित मकवानपुरको मनहरी गाउँपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा सोही मोटरसाइकलका चलाक महोत्तरी जिल्ला, मनरा गाउँपालिका वडा नम्बर २ बस्ने अंशु कुमार सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मनहरीबाट हेटौंडा आउने क्रममा लु १५ प ४६४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका सिंहको उपचारका क्रममा हेटौंडा स्थित चुरेहिल हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभएको दिनुभयो ।