मकवानपुर – मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५७ जनाको पीसीआर र २ सय २६ जनाको एन्टीजेन गरी २८३ जनाको परीक्षण गर्दा थप ६२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १० हजार ८ सय २४ पुगेको छ ।
त्यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । होम आइसोलेसनबाट ७८ जना र संस्थागत आइसोलेसनबाट ८ जना गरि थप ८६ जना कोरोना संक्रमणमुक्त भएका हुन् । यो संगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ हजार ६ सय २५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय २५ पुगेको कार्यलयले जनाएको छ ।