हेटौंडा – मकवानपुर प्रहरीले ७९ किलो लागुऔषध गाँजासहित राक्सिराङबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरिक्षक दिपक राज न्यौपानेको कमाण्डमा खटिएको टोलिले लागु औषध गाँजासहित राक्सिराङ–५ बाट कैलाश गाउँपालिका–२ का ४३ बर्षीय लाल बहादुर स्याङतान र राक्सिराङ–९ का २० बर्षीय प्रताप स्याङतानलाई नियन्त्रणमा लिएको हो ।
राक्सिराङ–५ स्थित परेवाभिर सडकखण्डमा मनहरीतर्फ बोराको भारी बोकी शंकास्पद रुपमा पैदल हिंडिरहेको ८/९ जना मध्ये अन्य मानिसहरु बोकि ल्याएको भारी फालि फरार भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दवैजनालाई नियन्त्रणमा लिई उनीहरूले बोकी ल्याएको भारी जाँच गर्दा लागुऔषध गाँजा ७९ किलो फेला परेको र उनिहरु बिरुद्ध थप अनुसन्धान भईरहेको साथै फरार भएका अन्य ब्यक्तीहरुको खोजतलाश भईरहेको प्रहरीले जनाएको छ ।