हेटौंडा, माघ ६ । प्रतिनिधि सभा निर्वाचनको लागि मकवानपुरका दुईवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ । मकवानपुर क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा गोपाल प्रसाद दाहाल र समर्थकमा इन्द्रमान स्याङ्तान रहनुभएको छ।
त्यस्तै, मकवानपुर क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद महेश कुमार बतौलाले उम्मेदवारी दर्ता गराउनुभएको छ। उहाँको प्रस्तावकमा राजाराम स्याङ्तान र समर्थकमा सुवासचन्द्र ठकुरी रहनुभएको छ । एमालेबाट टिकट प्राप्त गरेका राना र बतौलाले आज दिउँसो एमाले मकवानपुरको पार्टी कार्यालयमा भेला भई र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो।