हेटौंडा, माघ ६ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुरको २ वटा निर्वाचन क्षेत्रबाट ४४ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । मंगलबार सम्पन्न मनोनयन दर्ताको कार्यक्रममा क्षेत्र नम्बर १ बाट २३ जना र क्षेत्र नम्बर २ बाट २१ जनाले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उम्मेदवारी दर्ता गराउने मध्ये क्षेत्र नम्बर १ मा १३ जना दलीय उम्मेदवार १० जना स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । यस्तै क्षेत्र नम्बर २ मा १६ जना दलीय उम्मेद्वार र ५ जना स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । क्षेत्र नम्बर १ बाट ५ जना महिलाले उम्मेद्वारी दर्ता गराउनु भएको छ । भने, १८ जना पुरुष हुनुहुन्छ । यस्तै क्षेत्र नम्बर २ बाट २ जना महिला हुनहुन्छ । क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुहुने ५ जना महिलामध्ये ३ जना दलीय उम्मेदवार हुनुहुन्छ, भने २ जना स्वतन्त्र हुनुहुन्छ । यस्तै क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने दुबै महिला स्वतन्त्र हुनुहुन्छ ।
यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट १६ जना र क्षेत्र नम्बर २ बाट १० जना चुनावी प्रतिस्पर्धामा रहनु भएको थियो । जस्मा क्षेत्र नम्बर १ बाट राप्रपाका दिपक बहादुर सिंह र क्षेत्र नम्बर २ बाट महेश बर्तौला बिजयी हुनु भएको थियो ।