हेटौंडा, माघ ७ । मकवानपुर । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई क्षेत्रबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन। मकवानपुर क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरु आजबाट नै चुनावी प्रचार प्रसारमा जुटेका छन् ।
मंगलबार लागि निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका उम्मेदवारले आफनो उम्मेदवारी दर्ता गराएका थिए । १ नम्बर क्षेत्रमा कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, एमालेबाट रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम, राप्रपाका दीपकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी, रास्वपाबाट प्रकाश गौतम, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ महर्जन, उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती, नेमकिपाबाट रञ्जना सुवाल, नेकपा माओवादीबाट महेश नेपाली, जसपाबाट रुपक लामा, एकल निर्वाचन चिह्नसहित जनता समाजवादी पार्टीबाट दीपक सिलवाल, नेशनल मंगोल अर्गनाइजेशनबाट युवराज स्याङतानले उम्मेदवारी दिएका हन् ।
यस्तै, अमर दंगाल, अमिक परिवार, टिकाप्रसाद चौंलागाईं, प्रमिलाकुमारी खतिवडा, मठु पुलामी मगर, राकेशकुमार शर्मा, राजकुमार खड्का, राजाराम बोगटी, शिला सुवेदी र ज्ञानसागर लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ बाट कांग्रेसका बुद्ध लामा, एमालेका महेश बर्तौला, नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्ट, राप्रपाका रामबहादुर थोकर, श्रम संस्कृति पार्टीका युनिश लामा स्याङतान, रास्वपाका प्रशान्त उप्रेतीले उम्मेदवारी दिएका छन् ।
उज्यालो पार्टी नेपालबाट प्रविणकुमार स्याङतान, राष्ट्रिय जनमोर्चाबाट निरबहादुर सिन्तान, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, नेशनल मंगोल अर्गनाइजेशनबाट हिरालाल स्याङतान, नेमकिपाबाट सरोज तामाङ, नेकपा (माओवादी) बाट राम घलान ‘वाटर’ तथा संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, आम जनता पार्टीबाट सूर्य राई र जनता समाजवादीबाट छविलाल वाइवाले एकल चनाव चिह्न लिएर उम्मेदवारी दिएका छन् । यस क्षेत्रबाट अमृत वल, कृष्णराम श्रेष्ठ, प्रतीक्षा बानियाँ, रमेश आचार्य र सितामाया वलले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।









