मकवानपुर । मकवानपुर प्रहरीले अनलाईन मार्फत ठगी गर्ने २ जनालाई पक्राउ गरेकाे छ । सस्तोमा आईफोन तथा ईलेक्ट्रोनिक समानहरु बिक्री गर्ने भनि अनलाईन मार्फत ठगी गर्ने २ जनालाई साेमबार जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा पक्राउ गरेकाे हाे ।
प्रहरीका अनुसार बिभिन्न मितिमा भिन्नभिन्न मोबाईल नम्बरबाट ह्वाट्सप मार्फत सस्तोमा आईफोन तथा ईलेक्ट्रोनिक समानहरु बिक्री गर्ने भनि बिभिन्न व्यक्तीहरुलाई अनलाईन माध्ययमबाट च्याटमा कुराकानी गरी किस्तामा वा होम डेलीभरीको लागि नागरिकता प्रमाणपत्रको फोटो र हालसालै खिचेको पासपोर्ट साईजको फोटो पठाउन लगाउने र सोही नागरिकता र फोटोको प्रयोग गरी ईसेवा आईडी बनाई उक्त आईडीमा रकम पठाउन लगाई ठगी गर्ने रौतहट जिल्ला मोलापुर नगरपालिका– २ मर्यादपुर घर भई हाल बिरजंग महानगरपालिका–१५ भिश्वा बसपार्क बस्ने बर्ष २१ का रोहित भन्ने मनिष कुमार जैसवाल र पर्सा जिल्ला बिरगंज महानगरपालिका– १४ बस्ने बर्ष २० को गौतम खत्रीलाई पक्राउ गरिएकाे हाे । नियन्त्रणमा लिईएका दुवैजना बिरूद्ध जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।