काठमाडौं – माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । बैठक बुधबार विहान १० बजे बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।
संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने उहाँले बताउनुभयो । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि विहान साडे ११ बजे बोलाइएको छ । मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी संसदमा पेश गर्न आग्रह गरेको छ । उसले एमसीसीका पक्षमा उभिने निर्णय गरेको छ । लगत्तै माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको हो ।