मकवानपुर– जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द मकवानपुरले कोरोना भाईरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको हुँदा स्वास्थय सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न/गराउन अपिल गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाईरसको जोखिम यथावत रहेको र संक्रमितको संख्या बढ्दै गएको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न/गराउन सबैमा अपिल गरेको हो ।

बैठकले स्थानीय पािलका अन्तरगतका विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी पठन पाठन गर्ने एवम् स्वास्थ्य संवेदनशीलता र जोखिम आँकलन गरी यस शैक्षिक शत्रको परिक्षा यथासिघ्र संचालनको व्यवस्था मिलाने निर्णय गर्नुका साथै ७ दिनभित्र हेटौंडा अस्पताल आसपासमा आइसोलेसन वार्ड सञ्चालन गर्न स्थान खोजि गर्न टास्क फोर्स समेत गठन गरेको छ । यस्तै बैठकले जिल्लामा होटेल तथा रेष्टुरेन्टहरु राती ९ बजेपछि बन्द गर्ने, पाट्री प्यालेसहरुले भिडभाड हुन नदिने तथा अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने र नियमित चेतनामुलक संदेशहरु प्रसार प्रसार गर्ने निर्णय गरेको छ ।

बैठकमा समितिका सल्लाहाकार एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायत समितिका सदस्यहरुको उपस्थिती थियो । बैठकमा मकवानपुरको अहिलेको तयारी र व्यवस्थापनका बारेमा जिल्ला स्वास्थय कार्यालयका प्रमुख प्रणय उपाध्यायले जानकारी गराउनुभएको थियो ।