हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा तेश्रो संस्करणको स्व.मोहन श्रेष्ठ स्मृती एटए साइड वडा स्तरिय भेट्रान्स फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । लामसुरे खेलकुद बिकास समितीको आयोजना तथा ९ नम्बर वडाको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।
लामसुरे खेलकुद बिकास समितीका संयोजक एवम् वडा सदस्य बिष्णु राना मगरको अध्यक्षतामा भएको प्रतियोगिताको हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले औपचारीक उद्घाटन गर्नुभएको थियो ।
औद्योगिक क्षेत्रको खेलमैदानमा आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ४ ले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा ४ नम्बर वडाले २ नम्बर वडालाई शुन्यका बिरुद्ध एक गोलले पराजित गरेको हो । खेलको दोस्रो हाफमा वडा नम्बर ४ का प्रकाश महर्जन गरेको गोलनै निर्णयक हुन पुग्यो । खेलको म्यान अफ दि म्याज पनि महर्जन नै घोषित भएका थिए ।
प्रतियोगिता अन्तरगत भोलि तीन वटा खेल हुनेछन । भोलिको पहिलो खेलमा आयोजक हेटौंडा ९ र वडा १६ बिच बिहान सात बजे, दोश्रो खेल वडा नम्बर ६ र १४ बीच दिउँसो १ बजे तथा तेश्रो खेल वडा नम्बर १२ र १५ बीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार १११, उपबिजेताले नगद ६५ हजार ५५५ तथा तेश्रो र चौथो हुने टिमले क्रमस १०÷१० हजार प्राप्त गर्नेछन । प्रतियोगिता को बिधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएकोछ ।