हेटौंडा– मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको सातौं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख अतिथ्यता रहेको थियो ।

साधारसभाकाे उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि देबकोटाले सहकारीहरु उत्पादन संग जोडिएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी सहकारीबीच अन्तर लगानी गर्ने व्यवस्था जारी भएको अवस्थामा साना सहकारीले ठुला सहकारी संग अन्तर लगानीको काम गर्नुपर्ने बताउनुभयो । राज्यले सहकारीको समस्या पहिचान गरि आवश्यक समाधान गर्न लाग्ने र तिन तहका सहकारले सहकारीद्धारा उत्पादित वस्तुलाई बजारिकरण गर्न सहयोग पुराउनुपर्ने उहाँको भनाई थियो । बचत गर्ने, उत्पादन गर्ने र बजारिकरण गर्न सबै एक साथ रहेमा आर्थिक पक्ष सबल बन्ने बताउनुभएकोे छ ।

कार्यक्रममा जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्री प्रसाद लम्साल, बचत तथा ऋण सहकारी संघ बागमती प्रदेशका उपाध्यक्ष राधा सिन्तान, जिल्ला बचत संघका अध्यक्ष कल्पना श्रेष्ठ, दिव्यतारा बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष डा. गणेश बल लामा, नारायणी बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष जंग बहादुर गुरुङ, शिवम् सिमेन्टका विक्री प्रवन्धक सुदेश सापकोटा, रिद्धि सिद्धि सिमेन्टका विक्रि प्रवन्धक विक्रम खतिवडा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सभामा कोषाध्यक्ष बिमल कुमार ढकाल, लेखा संयोजक रामेश्वर अर्यालले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १ लाख १५ हजार पुँजी रहेको संघमा जिल्लाका ३१ मध्ये १९ वटा बहुउद्देश्यीय सहकारी संस्थाहरु आबद्ध रहेका छन् । साधारण सभाका अवरमा नियमित बचत गर्ने हिमाल बहुद्देश्यीय सहकारी संस्था र उत्कृष्ट बचत गर्ने राजदेवी महिला बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरिएको थियो ।