हेटौंडा – हेटौंडा उपमानगरपालिकामा ५ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । हेटौंडाको मेयरमा जसपा नेपालका तर्फबाट मेयरमा दीपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गरेसंगै गठबन्धनबाट जसपा बाहिरिएको हो । यसअघि आजै,गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीकी मिना लामाले मेयरमा र नेपाली कांग्रेसका राजेश बाँनियाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।