file photo

काठमाण्डाै – कम भिजिविलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण आज पनि प्रभावित भएका छन् । आज बिहानैदेखि काठमाण्डौको मौसम धुम्म छ ।
आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएकाे विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । भिजिविलिटी कम हुँदा हिजो दिउँसो पनि त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको थियो । आज हिजोजस्तो असर नरहेको र मौसममा सुधार हुनेबित्तिकै उडान अवतरण नियमित हुने प्रवक्ता सिटौलाले जानकारी दिनुभयो ।