फाइल तस्विर

मकवानपुर– हेटौंडामा दुईजनालाई कोरोना भाइरस (कोभिड–१९) को आशंकापछि क्वारेन्टाईनमा राखिएको छ । कोरोनाको लक्षणसँग मेल खाने स्वास्थ्य समस्या भएका दुईजनालाई क्वारेन्टाइनमा राखिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

हेटाैंडा–४, कर्रास्थित श्रमिक माविमा तयार पारिएको आइसोलेसन कक्षमा एकजनालाई राखिएको छ भने अर्का एक व्यक्ति आफैं चिकित्सक भएकोले घरमै आइसोलेसनमा बसेको उनीहरुको स्वाब (घाँटीको र्याल) परीक्षणका लागि काठमाडौं पठाइएको कार्कीले जानकारी दिनुभयो । स्वाब परीक्षणका लागि एम्बुलेन्समा काठमाडौं पठाइएको उहाँले बताउनुभयो । कोरोनाको लक्षण आशंका गरिएका दुबैजना पुरुष भएको हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले बताउनुभयो । बागमती प्रदेश सरकारले हेटौंडा–४ कर्रा स्थित श्रमिक माविमा पाँच बेडको भेन्टिलेटरसहितको आईसीयु कक्ष र ३० बेडको आइसोलेसन कक्ष तथा हेटौंडा–११ मा दुई सय क्षमताको क्वारेन्टाईन तयार गरेको छ ।