मकवानपुर– कोरोना भाईरसको संभावित जोखिमलाई कम गर्न हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा किटनासक औषधि छर्केने तयारी गरेको छ । आईतबार बजारका मुख्य मुख्य क्षेत्रमा वातावरणमा भएको भाईरस मार्न विषादी छर्किने तयारी भएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतलेल बताउनुभयो ।
उपमहानगरपालिकाको जेट मेसीन मार्फत हेटौंडा बजार क्षेत्रको मुख्य सडक, चोकमा सडक पेटी लगायतको ठाँउमा विषादी छर्किने मेयर हरिबहादुर महतले बताउनुभएको छ । कोरोनाका कारण बजार क्षेत्रमा फोहर समेत संकलन नभएकोले बिहान सरसफाईको काम सकेपछि बिषदी छर्कने उहाँले बताउनुभयो ।
बजार क्षेत्रमा किटनासक औषधि छर्कदा कोरोना भाईरस नष्ट नगरे पनि अन्य किटाणु मारेर वातावरण सफा गर्न सहयोग पुग्ने उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । उपमहानगरपालिकाले छर्कने औषधिले मानव शरिरमा कुनै असर नगर्ने तर वातावरणमा भएको अन्य किटाणु भने नष्ट हुने उहाँले बताउनुभयो । कोरोनाको कहर भईरहेका बेला मानिसमा अन्य रोगको किटाणुले आक्रमण नगरोस भन्ने उदेश्यका साथ डिसइन्फेक्सन विषदी छर्कन लागिएको उहाँले बताउनुभयो ।