मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकाले सम्पुर्ण वडाहरुमा विषदी छर्ने अभियान सुरु गरेको छ । कोरोना भाईरसको संभावित जोखिम कम गर्न सार्वजनिक स्थान, चोक चौतारी मानिसको चहलपहल हुने स्थानमा डिसइन्फेक्सन गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।
मानिसहरुको बढी भिड हुने मुख्य क्षेत्रमा वातावरणमा भएको भाईरस मार्न विषादी छर्किन सुरु गरिउको अध्यक्ष उप्रेतीले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ३, ५, ६ र ७ मा गाउँपालिकाबाट विषदी पु¥याईसकिएको र वषिदी छर्कने काम सुर समेत भउको उहाँले बताउनुभयो । त्यस्तै वडा नम्बर १, २, ४, ८ र ९ मा गाउँपालिकाका स्वास्थ प्रमुख टीका अधिकारीसंग समन्वय गरेर काम गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।
भिडभाड हुने क्षेत्रमा किटनासक औषधि छर्कदा कोरोना भाईरस नष्ट नगरे पनि अन्य किटाणु मारेर वातावरण सफा गर्न सहयोग पुग्ने स्वास्थ्य संयोजक अधिकारीले जानकारी दिनुभयो । औषधिले मानव शरिरमा कुनै असर नगर्ने तर वातावरणमा भएको अन्य किटाणु भने नष्ट हुने उहाँले बताउनुभयो । कोरोनाको कहर भईरहेका बेला मानिसमा अन्य रोगको किटाणुले समेत आक्रमण नगरोस भन्ने उदेश्यका साथ विषदी छर्कन लागिएको उहाँले बताउनुभयो ।