असार १० गते गणपुरक सख्या नपुगेको भन्दै उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले आज सम्मका लागि नगरसभाको बैठक स्थगित गर्नुभयो ।
नेकपा एमालेले राखेको मागलाई कुनै संवोधन नगरि नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै नेकपा एमालेले ११ औँ नगरसभामा उपस्थिती नजनाएपछि नगरसभामा बहुमत पुगेको थिएन जसको कारण नगरसभा असार १२ गते दिउँसो १ बजे सम्मको लागि स्थगित गरिएको थियो । आज दिउँसो बोलाईएको बैठकमा पनि नेकपा एमालेबाट विजयी भएका जनप्रतिनिधिहरु उपस्थिति नहुने बताईएको छ । एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राख्दै आएको छ ।