मकवानपुर – बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्याम नारायण श्रेष्ठ नियुक्त हुनुभएको छ । पूर्व मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले नियुक्त गरेको मुख्य न्यायाधिवक्ता ओम प्रकास थपलियाले गत कात्तिक ११ गते राजीनामा दिएको करीब ४ महिनापछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले श्रेष्ठलाई आज नियुक्त गर्नुभएको हो ।

प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएका श्रेष्ठले आजै शपथ ग्रहण समेत गर्नु भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उहाँलाई सपथ ग्रहण गराउनुभएको हो । मुख्य न्याधिवक्तामा नियुक्त हुनु भएका श्रेष्ठ धादिङको ज्वालामुखी गाउँपालिका–२ हटियाका स्थायीवासी हुनुहुन्छ ।