मकवानपुर– हेटौंडा उपमहानगरपालिका– ९ पशुपतिनगर स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्थाले विपन्न परिवारलाई सहयोग वितरण गरेकाे छ । संस्था र उक्त संस्थाका कर्मचारीहरु मिलेर सहकारी रहेकाे वडा नम्बर– ९ का विपन्न श्रमिक परिवारलाई नगद सहित खाद्यान्न वितरण गरेकाे संस्थाका अध्यक्ष रामहरि न्याैपानेले बताउनुभयाे ।

कोरोना भाइरसको कारण गरिएको लकडाउनबाट समस्यामा परेका दैनिक ज्याला गरि दैनिकी चलाइरहेका हेटौंडा – ९ का योगेन्द्र गिरि , सुर्यबहादुर स्याङ्तान र सन्जुमाया लामाको परिवारलाई सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष न्यौपानेले बताउनु भएको छ ।कार्यक्रममा प्रहरी निरीक्षक अरुण कुशुवाह , संस्थाका ब्यवस्थापक महेश अधिकारी , कर्मचारीहरु मदन न्यौपाने , विजय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।