मकवानपुर– चौधरी फाउण्डेशनले हेटौंडा अस्पताललाई आइशोलेसन र आइसीयु वार्डका लागी आवस्यक समाग्री पिपिइ र सर्जीकलमास्क सहयोग गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजनमा फाउण्डेशनका सदस्यले आज अस्पतालका प्रमुख प्रविण श्रेष्ठलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

चौधरी फाउण्डेशनका सदस्यहरु तुलसीराम रेग्मी र सरोज शर्मा बिडारीले अस्पताल प्रमुख श्रेष्ठलाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) ५ थान र सर्जीकल मास्क १५० थान प्रदान गरेका हुन । विश्वव्यापि फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाममा खटिने स्वास्थयकर्मिहरुको सुरक्षाका लागी फाउण्डेसनले सहयोग गरेको बताईएको छ ।
अस्पतालमा आजै लायन्स क्लब नेपालले ८ थान पिपिइ र ५० थान स्यानिटाइजर सहयोग गरेको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालका डिस्ट्रिक प्रथम भाइस गभर्नर लायन शम्भु नकर्मी, लायन टासी डोल्मा तुम्बाहाम्फे लगाएतले हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल र अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो ।