हेटौंडा– उच्च ज्वरो आएपछि भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पताल पठाईएका मनहरीका युवामा कोरोना नभएको पुष्टि भएको छ । कोरोना विशेष अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको खकार परीक्षणको शनिबार अबेर आएको रिपोर्टमा उनलाइ कोरोना नभएको पुष्टि भएकाे गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयाे । विदेशबाट फर्किएका उनलाई उच्च ज्वरो आएपछि मनहरी स्वास्थ्य केन्द्रमा जाँच गराईएको थियो । अस्पतालले थप जाँचका लागि चैत १२ गते भरतपुर पठाईएका उनलाइ कोरोनाबारे एकिन गर्न खकार संकलन गरी युवालाई घर फर्काएको थियो । जनस्वास्थ्य प्रयोगशालाको परीक्षण रिपोर्टमा उनलाइ कोराना नभएको पुष्टि भएको उप्रेतीले जानकारी दिनुभयाे ।

सूचना —-मनहरी ८ को युवा भाइ को कोरोना को अासंका भै जाँच गर्दा नेगेटिभ रिपोर्ट अायको जानकारी गराउँछु ।

Gepostet von Ekraj Upreti am Samstag, 28. März 2020