हेटौंडा – मकवानपुरमा शुक्रबार (आज) थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । पछिल्लो २४ घण्टामा ३४ जनामा पिसिआर र ३७ जना एन्टीजेन परीक्षण गर्दा क्रमशः ४ जना र ११ जनामा गरि थप १५ जनामा कोरोना देखिएको हाे ।
संक्रमण पुष्टि हुनेहरुमा थाहा नगरपालिकाका १० जना, हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका २/२ जना र मकवानपुरगढी गाउँपालिकाका एक जना रहेका छन् । योसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८५ जना पुगेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा १५ जना संक्रमणमुक्त भएका छन् ।