मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न चुनौतिहरुका बिच पनि प्रदेश सरकारले थुपै्र नमुनालायक काम गरेको बताउनुभएको छ । प्रदेश सभाको सातौं अधिवेसनको पहिलो बैठकलाई बुधबार सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले शुन्यबाट सुरु भएको प्रदेश सरकारले विभिन्न चुनौतिका बुबजुद महत्वपूर्ण र नमुनालायक काम गरेको बताउनुभएको हो ।
मुख्यमन्त्री पौडेलले शुन्य अवस्थामा रहेको प्रदेश सरकार अहिले धेरै अघि बढेको र विभिन्न नमुनालायक योजना तथा कामहरु सुरु भइरहेको भन्दै प्रदेश सरकारको कामको उपलब्धी समेत देखिन थालेको बताउनुभयो । प्रदेश सरकारले चुनौतिका बीच विकास र समृद्धिको काम गरेको भन्दै संविधान कार्यान्वयन, सुशासन, सामाजिक न्याय, जनजीविका तथा विकास र समृद्धिको सन्दर्भमा प्रदेश सरकारले धेरै प्रयत्न गरेको तथा त्यसबाट थुप्रै उपलब्धी हासिल गरेको बतानुभयो ।
प्रदेश सभामा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले फरकमत, असहमति र अविश्वास गर्नेलाईसमेत सम्मान गरिने बताउनुभएको छ । उहाँले अहिले देश विषम परिस्थितीमा उभिएको भन्दै प्रधानमन्त्रीले संसद विघटन गरि निर्वाचान मिति तोकिएको अवस्थामा केहि सत्ता पक्ष र प्रतिपक्षले विरोध जनाइरहेको बताउनुभयो । पाट्री भित्रैबाट काम गर्न नदिने अवस्था भएपछि प्रधानमन्त्री ओलीले जनता सामु नयाँ जनादेशको लागि चुनाव रोज्नुपरेको प्रष्ट पार्नूभयो । एउटै विचार अनि पार्टी भएता पनि अविश्वास गरिएको उहाँको भनाई थियो ।
प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस स्थिरताको पक्षमा रहेको बताउनुभयो । बैठकमा नेकपाकी सांसद अष्टलक्ष्मी शाक्य, विवेकशिलका सांसद रमेश पौडेल, नेमकिपाका सांसद सुरेन्द्र गोसाई, राप्रपाकी सांसद रिता माझी, रिना माझीले अहिलेको सरकारको कामले जनतामा वितृष्णा पैदा भएको बताउनुभएको थियो । प्रदेशसभाको आजको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराउनुभएको थियो ।