हेटौंडा – नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी “‘छिन्तु” ले स्थानीय निर्वाचनमा गठबन्धन गर्नुको उदेश्य सत्ता हत्याउन नभई प्राप्त उप्लब्धी जोगाउनु रहेको बताउनु भएको छ । शनिबार बागमती प्रदेश सभाको बैठकमा बोल्दै प्रदेश सभा सदस्य पुलामीले प्रदेश सभामा हालै सम्पन्न स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको टिका टिप्पणी धेरै भएको भन्दै उहाँले प्राप्त उप्लब्धी जोगाउन गठबन्धन भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो – “गठबन्धन गर्यो, गठबन्धनले धेरै सिट जित्यो ? किन जित्या भनेर यहाँ प्रश्नहरु गरिरहेको हामीले सुनिराखेका छौ, म यहाँहरु संग आग्रह गर्न चाहान्छु, गठबन्धन गर्नुको मुख्य कारण भनेको एनि हाउ सत्ता हत्याउ हैन की एनि हाउ उप्लब्धी जोगाउ थियो । यहाँहरुलाई म नआत्तिन पनि आग्रह गर्न चाहान्छु,यो सुरुवात मात्रै हो ।” यसैगरि, प्रदेशसभा सदस्य पुलामीले आउँदो बजेट कोरोनाबाट थलिएको अर्थतन्त्रलाई उकास्ने किसिमको हुनुपेर्ने र आयतलाई घटाउने तथा निर्यातलाई बढाउने हुनुपर्ने बताउनुभयो । उहाँले बजेटलाई कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राख्दै समाजवाद उन्मुख अर्थतन्त्र हुनुपर्ने बताउनुभयो ।