हेटौंडा – बागमती प्रदेशका पूर्व अर्थमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता कैलाशप्रसाद ढुंगेलले हालै सम्पन्न स्थानीय निर्वाचनलाई प्रभावित पार्न बागमती प्रदेश सरकारले २३ सय टुक्रे योजना ऐन विपरित बाँढेको बताउनु भएको छ । शनिबार बागमती प्रदेश सभामा बोल्दै उहाँले संसद हुँदा हुँदै चल्ने सक्ने अवस्था हुँदा हुँदै पनि प्रदेश सरकारले संसदलाई छलेर निर्वाचन प्रभावित पार्न २३ सय योजना ल्याएको आरोप लगाउनुभयो ।
उहाँले २३ सय योजना बाढ्दा पनि गठबन्धन प्रदेश सरकारले चालु वर्षको पुजिगत खर्च २८ प्रतिशत भन्दा माथि लान नसकेको बताउनुभयो । उहाँले गठबन्धन सरकारले निर्वाचनमा गठबन्धनले नजिते वडामा बजेट नदिने भन्ने अभिव्यक्तिले निर्वाचन प्रभावित भएको दाबी गर्नुभयो । उहाँले प्रदेश सरकारले जनपक्षीय कामको लागि कुनै पनि योजना ल्याउन नसकेको दाबी गर्नुभयो । उहाँले स्थानीय निर्वाचनमा गठबन्धन सरकारले निर्वाचन जित्नैको लागि सत्ताको दुरुपयोग गरेको समेत बताउनुभयो । उहाँले पेट्रोलियम पर्दाथको मूल्य बढीरहेको अवस्थामा अघिल्ल्लो प्रदेश सरकारले विद्युतिय सवारी साधन चलाउन योजना ल्याउँदा अहिलेको सरकारले वेवास्था गरेको बताउनुभयो । ढुंगेलले प्रदेश सरकारलाई मन्त्रीकै लागि खर्च गर्न बजेट नपुगेको भन्दै जनताको समस्याको लागि कुनै ध्यान नगएको टिप्पणी गर्नु भएको छ । बागमती प्रदेश सरकारलाई १८ मन्त्री आवश्यक छ ? प्रश्न गदै उहाँले भन्नुभयो– “यि सबैको भरणपोषण गर्दा खेरी अनि बिउ कहाँबाट ल्याउनु, मल कहाँ बाट ल्याउनु ?