हेटौंडा – मकवानपुर प्रहरीले लागुऔषध नाइट्रोभेटसहित हेटौंडाबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरीले १ सय १७ ट्याब्लेट लागुऔषध नाइट्रोभेटसहित २ जनालाई पक्राउ गरेको हो ।
शुक्रबार साँझ ५ बजे हेटौंडा–४ मा सवारी सुरक्षाजाँचका क्रममा बा २४ प ४५९५ को मोटरसाईकलका चालक हेटौंडा–४ का ३४ वर्षीय अनिल कुमार तामाङलाई ४८ ट्याब्लेट नाईट्रोभेटसहित र शुक्रबार नै हेटौंडा–१० बसपार्कमा सुरक्षाजाँच गर्ने क्रममा बारा जिल्ला जितपुर–सिमरा उपमहानगरपालिका–२२ का २३ वर्षीय अनिष तामाङलाई ६९ ट्याब्लेट नाईट्रोभेटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब निरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनालाई आइतबार जिल्ला अदालत मकवानपुरबाट दिन ५ को म्याद अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयाे ।