स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ६ सय ६३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले २ सय ९६, नेकपा एमालेले १ सय ८३, नेकपा माओवादी केन्द्रले १ सय १३, जनता समाजवादी पार्टी (जसपा) ले २०, नेकपा (एकीकृत समाजवादी) ले १४ र अन्यले ३७ स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ७०, नेकपा एमालेले २ सय ४, नेकपा (माओवादी केन्द्र) ले १ सय २१, जनता समाजवादी पार्टी (जसपा) ले १४ र अन्यले ५४ स्थानमा विजयी हासिल गरेको आयोगले जनाएको छ । त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ४ सय ४३, नेकपा एमाले १ हजार ९ सय ४२, नेकपा (माओवादी केन्द्र) १ हजार ७, जनता समाजवादी पार्टी २ सय ४९ र अन्यले ५ सय ३६ गरी ६ हजार १ सय ७९ वटा वडामा वडा अध्यक्ष विजयी हुनुभएको आयोगले जनाएको छ ।