हेटौंडा – हेटौंडा उपमहानगरपालिका–१२ को वडाअध्यक्षमा ललित घलान विजयी हुनु भएको छ । घलान १ हजार २७८ मतसहित दोस्रो कार्यकालका लागि वडा अध्यक्षममा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अर्जुन तिवारीले १ हजार २७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार राजेश नगरकोटीले १ हजार २१६ मत प्राप्त गर्नुभयो । हेटौंडा–१२ मा कुल ४ हजार ५२५ मत खसेको थियो ।