हेटाैंडा– मकवानपुर प्रहरीले भरूवा बन्दुक र गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले ३३ किलो गाँजा, बन्दुक र घरेलु हतियार सहति मनहरी गाउँपालिका–६, का ४० वर्षीय रामचन्द्र प्रजालाई पक्राउ गरेको हो ।

मनहरी–६ कत्ले खोला नजिक सामुदायीक वनमा गाँजा ओसारपसार र कारोबार भइरहेको छ भन्ने बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निराक्षक श्री शंकर श्रेष्ठको कमाण्डमा खटिगएको प्रहरी टोलिले ३३ किलो गाजा र भरूवा बन्दुक सहित प्रजालाई शुक्रबार बिहान पक्राउ गरेको जनाइएको छ । घटनामा संलग्न अन्य केही भागेको र खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले प्रजाको साथबाट गाँजा र बन्दुक सहित एक थान खुकुरी, एक थान बन्चरो र तीन थान टर्च लाइट फेला पारेको जनाएकाे छ । घटनाको थप  अनुसन्धान भइरहेको जनाइएको छ ।