मकवानपुर– बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले स्वदेशी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । शनिबार हेटौंडामा आयोजित नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको छैठौं साधारण सभाको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख प्रसाईले स्वदेशी उत्पादनको प्रयोग बढाउँदै विदेशी आयातलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख प्रसाईले लामो समयको लकडाउनका कारण थलिएको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन स्वेदशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशबाट धेरै खर्च गरेर सामाग्री आयात गर्नु भन्दा नेपालमै उत्पादित सामाग्रीको उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले नेपाली माटो सुहाउँदो फर्निचर उत्पादनमा गर्न र विदेशबाट आयातित फर्निचर सामग्रीलाई विस्तापित गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपाली कला र शैलीलाई अनतराष्ट्रिय जगतमा परिचित गराउन आग्रह गर्दै नेपालमा विदेशीहरुको आयत नभई विदेशसम्म पठाएर विदेशी मुद्रा भित्रयाउने वातावरण सृजना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोभिडले अर्थतन्त्रमा पारेको अफटेराहरुबाट अगाडि बढ्न व्यवस्थित कार्ययोजना बनाउन आग्रह गर्नुभयो । उहाँले बदलिदो अवस्थामा उपभोक्ताको माग अनुसार फर्निचरको उत्पापदन गर्न सके आर्थिक समृद्धि हासिल हुने बताउनुभयो । फर्निचर व्यवसायीहरु विदेशि उत्पादनसंग प्रतिस्पर्धामा आउन सक्नुपर्ने भन्दै उहाँले नेपाली काठ कुहिएर जाने अनि विदेशबाट काठ निर्यात गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागि देशभरका फर्निचर व्यवसहयीहरुले थलिएको अर्थतन्त्रलाई उकास्न फर्निचर उद्योगमार्फत स्वरोजगार बनाउन सकिने हुँदा सरकारले यस विषयमा बिशेष पहल गर्नुपर्ने बताएका छन् । महासंघका अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुण सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगाएतको आतिथ्यता रहेको थियो ।