मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार बिहान पद तथा गोपनीयताको शपथग्रहण गर्नु हुने भएको छ । उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउनु हुने छ ।
मंगलबार बिहान ९ः३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ। मुख्यमन्त्री पाण्डेसँगै २ जना मन्त्रीले पनि शपथग्रहण गर्नु हुने भएको छ । मुख्यमन्त्री जम्कट्टेलसंगै सत्ता गठबन्धनमा रहेको ठूलो दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपिलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापाले पनि पद तथा गोपनीयताको शपथ लिनु हुने भएको छ । दुवैजनाले विनाविभागीय मन्त्रीका रुपमा शपथ लिने सम्भावना रहेको बुझिएको छ । ७० जना सांसदको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्री बन्नु भएको हो । उहाँलाई एमाले, माओवादी र राप्रपासँगै नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ । बागमती प्रदेशमा एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २÷२ र हाम्रो नेपाली पार्टीले १ गरी १४ मन्त्रालयमा दाबी छ । मुख्यमन्त्री जम्कट्टेलले भने १४ वटा मन्त्रालय कटौती गरेर घटीमा ९ र बढीमा ११ कायम गर्ने बताउनु भएको छ ।