काेशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएकाे छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएकाे हाे ।
सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा विष्ट कोशी प्रदेशको सभामुख बन्नु भएको हो । उहँँको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला र प्रदेश सभा सदस्य प्रेमराज थामसुहाङ समर्थक हुनुहुन्थ्याे । सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि उम्मेदवारी नदिने निर्णय गरेको थियो । गठबन्धन बाहिरको उम्मेदवार भएकोले विष्टलाई समर्थन गर्ने र एमालेले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको थियाे। गत साउनमा सभामुख पदबाट राजीनामा दिएर तत्कालीन सभामुख बाबुराम गौतम सरकार गठनमा सहभागी भएपछि कोशी प्रदेशमा सभामुख पद रिक्त रहँदै आएको थियाे ।