हेटौंडा– इन्द्रसरोवर गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङ शिल्डको उपाधी कालिका माद्यामिक विद्यालय फाखेलले हात पारेको छ । गाउँपालिकाको आयोजना यहि फाल्गुन २० गते देखि २२ गतेसम्म गाउँपालिका स्तरीय खेलकुद मैदान, कुलेखानी हेभीमा सञ्चालन भएको प्रतियोगिताको विभिन्न विद्यामा जित हाँसिल गर्दै कालिकाले उक्त उपाधी हाँसिल गर्न सफल भएको हो ।

May be an image of 10 people, including Lama Jeevan, people standing and outdoors

प्रतियोगितामा मार्चपास, छात्रछात्रा भलिबल, १०० मिटर र २०० मिटर दौड लगायत एथलेटिक्स तर्फका खेलहरु सञ्चालन भएका थिए । गाउँपालिका भित्रका ६ वटा माद्यामिक विद्यालयका छात्र छात्राहरु बिच प्रतियोगिता भएको थियो । छात्र तर्फको भलिबल खेलमा कालिका माविले प्रथम स्थान हाँसिल गरेको छ भने पञ्चकन्या मा।वि। कुलेखानी दोस्रो र सरस्वती मा।वि। मार्खु तेस्रो भएका छन् । यस्तै छात्रा तर्फको भलिबल खेलमा पनि कालिका प्रथम, कालिदेवी द्वितीय र सरस्वती तृतिय भएका छन् ।

May be an image of 11 people, including Lama Jeevan, people standing and outdoors

यस्तै एथलेटिक्स तर्फ १०० मिटर दौडमा छात्रमा कालिकाका छात्र रुपेश बल प्रथम, महाचुनीका सागर बलामी द्वितीय र कालिदेवीका विजय रुम्बा तृतिय भएका छन् भने छात्रा तर्फ बत्सलादेवीका सुस्मिता नगरकोटी प्रथम, सरस्वतीका कृतिका गिरी द्वितीय र पञ्चकन्याका रुपा थापा मगर तृतिय भएकी छिन् । त्यस्तै २०० मिटर दौडमा छात्र तर्फ पञ्चकन्याका शुकलाल वाईवा प्रथम, सरस्वतीका विशाल छुमी द्वितीय र कालिकाका प्रविण लामा तृतिय भएका छन् भने छात्रा तर्फ बत्सलादेवीका सुस्मिता नगरकोटी प्रथम, महाचुनीका आकृति बलामी द्वितीय र कालिकाका रन्जिता तितुङ तृतिय भएका छन् । सटपुट तर्फ छात्रामा बत्सलादेवीका सुस्मिता नगरकोटी प्रथम, कालीदेवीका शान्ती लामा द्वितीय र महाचुनीका अञ्जली थिङ तृतिय भएकी छिन् भने छात्र तर्फ पञ्चकन्याका नविन थिङ प्रथम, बत्सलादेवीका धनराज वाईवा द्वितीय र कालीदेवीका आइते लामा तृतिय भएका छन् । लङजम्प तर्फ छात्रामा महाचुनीका आकृति बलामी प्रथम, बत्सलाका भावना अधिकारी द्वितीय र पञ्चकन्याका रुपा थापा नगर तृतिय भएकी छिन् भने छात्र तर्फ पञ्चकन्याका शुकलाल वाईवा प्रथम, कालिकाका मणिरत्न लामा द्वितीय र महाचुनीका सागर बलामी तृतिय भएका छन् ।

May be an image of 11 people, people standing and outdoors

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष जीवन लामाले गाउँपालिका संग समय, बजेट कम हुँद हुँदै पनि हामीसँग दम भएका कारण प्रतियोगिता सफलता पुर्वक सम्पन्न भएकोे बताए । उनले आगामी दिनमा पनि वार्षिक रुपमा प्रतियोगिता हुने भएकाले स्थानीय तह, जिल्ला, प्रदेश र संघमा समेत जान सक्ने क्षमता विकास गर्न सबै खेलाडीहरुलाई अनुरोध गरे ।

May be an image of 10 people, people standing and outdoors

गाउँपालिकाका अध्यक्ष लामाको सभाध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामा, वडा नं २ का अध्यक्ष राजुमान महर्जन, वडा नं ३ का अध्यक्ष चिरञ्जीवी पौडेल, वडा नं।४ का वडाध्यक्ष धनविर स्याङ्तान, प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी लगायतको आतिथ्यता रहेको थियो ।

May be an image of 8 people, including Lama Jeevan and people standing