मकवानपुर– नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने विषयमा जिल्ला समन्वय समिति मकवानपुर सक्रिय रुपमा लागेको छ । सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने संघीय सरकारको तयारीमा प्रदेश सरकारले समेत प्रादेशिक स्तरबाट तयारी थालेको अवस्थामा जिल्ला स्तरबाट जिल्ला समन्वय समिति मकवानपुरले तयारी थालेको हो ।

भ्रमण वर्षलाई सफल बनाउन जिल्ला समन्वय समितिले जिल्ला स्थित स्थानीय तह, सरकारी कार्यालय र पर्यटनसंग सम्बन्धीत सरोकारवालासंग बुधबार छलफल गरेको छ । बुधबार जिल्ला समन्वय समितिमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने विषयमा कार्यक्रम आयोजना गर्दै जिसस मकवानपुरले जिल्ला स्थित पर्यटकीय स्थलहरु प्हिचान गर्नुका साथै स्थानीय तहले आफ्नो क्षेत्रबाट सो क्षेत्रमा गरेको काम कारबाही र पर्यटन क्षेत्रमा गरिने नीति, कार्ययोजना तथा तयारीका बारेमा जानकारी लिइएको छ । कार्यक्रममा मकवानपुरका १० वटा स्थानीय तहमा रहेका विभिन्न पर्यटकीय स्थल मध्ये प्रत्येक स्थानीय तहका ३ मुख्य पर्यटकीय स्थल र त्यको विकासकालागि स्थानीय तहले गरेका प्रयासका बारेमा छलफल भएको थियो । मकवानपुरमा भ्रमण वर्ष २०२० लाई सफल बनाउन जिल्ला स्तरीय १ सय १ सदस्य समिति यस अघि नै गठन गरिसकिएको छ ।

कार्यक्रममा मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले मनहरीमा पर्यटकीय स्थालहरु धेरै भए पनि मुख्य ३ पर्यटकीय स्थलका रुपमा वडा नम्बर ८ को मनहरी पिस पार्क, वडा नम्बर ४ को बनकरीया बस्तीलाई होम स्टेका रुपमा विकास गरिएको र वडा नम्बर ७ प्रतापपुरमा हात्ति सफारी र जिप सफारी संचालन गरेर पर्यटन प्रबद्धन गर्ने योजना रहेको बताउनुभयो । उहाँले प्रयटन वर्ष सफल बनाउन गाउँपालिकाको तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
त्यस्तै मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमाँगाईले आफ्नो पालिकामा संघीय सरकारले घोषणा गरेको १०० पर्यटकीय स्थल मध्येको मकवानपुरगढी दरवार, रुद्र बाटीका र मनकामना मन्दिरलगायत ढुंगेगढी, रिषेश्वर गुफालगायतलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने जसले पर्यटन प्रबद्धन हुनुका साथै भ्रमण वर्षलाई समेत सहयोग पुग्ने बताउनुभयो । त्यस्तै थाहा नगरपालिकामा रिषेश्वर मन्दिर, पर्यटकीय गन्तव्य चितलाङ क्षेत्र, मुलाबारी स्थित मनकामना मन्दिर, कुन्छाल एकिकृत गाँउ, शंखमुल धाम, चितलाङ भेडा फार्म, दामन, सिमभञ्ज्याङ, राष्ट्रिय विभिुति पार्कलगायतका पर्यटकिय स्थलहरुमा नगरपालिकाले पर्यटन प्रबद्धनमा ध्यान दिउको रहेको जानकारी दिईएको छ ।

त्यस्तै मकवानपुरको पुर्वी बागमति गाउँपालिकाका अध्यक्ष सर्केश घलानले आफ्नो पालिकामा झुरझुरे स्मृति पार्क, गोल्मे राज दरवार, गिरा पर्यटकिय स्थल, बेतीनी पार्क, भीमसेन बाँध मुख्य पर्यटकिय स्थलहरु भएको जानकारी दिनुभयो । उहाँले पर्यटन वर्षलाई लक्षित गरेर उक्त स्थानहरुको व्यवस्थापनामा समेत लागेको जानकारी दिनुभएको थियो । यता जिल्लाको ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामाले देशकै मुख्य पर्यटकीय गन्तव्य मध्ये ईन्द्रसरोवर ताल आफनै पालिकामा रहेको र त्यलाई अझ व्यवस्थित बनाउने तर्फ गाउँपालिका लागेको जानकारी दिनुभयो । त्यसका साथै ईन्द्रसरोवरमा भालेश्वर चन्द्रगढी छापडाँडा, मदन भण्डारी फाखेल मैत्री पार्कलगायतका थ्रप्रै पर्यटकिय स्थलहरु रहेको बताउनुभयो ।
त्यस्तै भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले चिसापानी गढी स्थित कालीतोप, गोलमोड मैत्री पार्क, हात्तिसार, हौदा, लटरम्मेश्वर मान्दीर, हाईड्रपावर, त्रिखण्डी मन्दिरलगायतका पर्यटकीय स्थलहरु रहेको जानकारी दिनुभयो । साथै कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले आफ्नो पालिकामा बैकुन्ठ कैलाश मान सरोवरलगायत विभिन्न पर्यटकिय स्थलहरु रहेको बताउनुभएको थियो ।

यसका साथै कार्यक्रममा सहभागि अन्यले जिल्लामा हेटौंडा–१८ स्थित मुर्ति बगैचा, चुरियामाई मन्दिर तथा त्याहाँ स्थित सुरुङ, सहिद स्मारक, कुश्माण्ड सरोवर त्रिवेणी धाम, दामन भ्यू टावर, सितोष्ण वागवानी केन्द्र, भेडा फार्म, मकवानी ठेकीलगायतको प्रचार प्रसार गर्न सके पर्यटन प्रवद्धनमा सहयोग पुग्ने सुझाव दिएका छन् । साथै यातायात, सुरक्षालगायतको प्रत्याभुति दिलाउन सक्नु पर्ने बताएका छन् । उनिहरुले जिल्लाका पर्यटकीय स्थलहरुको रुट बनाएर पर्यटनलाई आकर्षित गरेर जिल्लमा बस्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । उहाँले पर्यटन विकासका लागि जिल्लाका सबै पर्यटकीय स्थलमा पुग्ने गरि ट्रयाक निर्माण गर्नुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थानीय तह, प्रदेश र संघीय सरकार तीनै तह मिलेर मात्र भ्रमण वर्ष सफल पार्न सकिने बताउनुभएको छ । उहाँले भ्रमण वर्ष सफल पार्न तीनै तहको सहकार्य, सहमती र ऐक्वेबद्धता साथै सरोकारवालाको सक्रियता आवश्यक रहेको बताउनुभएको हो । उहाँले पर्यटकीय स्थलहरुको प्रचार प्रसारलाई तिब्रता दिन समेत स्थानीय तहहरुलाई आग्रह गर्नुभयाे । कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुखहरु, सरकारी कर्मचारी, पर्यटन व्यवसायीहरु, होटल व्यवसायीहरुको सहभागिता थियो ।