हेटौंडा– सत्तारुण दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बकैया गाउँपालिकाको अध्यक्षमा गोपाल दाहाल चयन हुनुभएको छ । आज भएको विस्तारित गाउँ भेलाले दाहालको नेतृत्वमा १ सय २५ सदस्यीय कमिटि घोषणा गरेको हो ।


यस्तै भेलाले नेकपा बकैयाको सचिवमा फुलमान भोम्जनलाई चयन गरेको छ । उनिहरुलाई नेकपाका केन्द्रीय सदस्य अनन्त पौडेलले शपथ ग्रहण गराउनुभएको थियो । यसअघिका नेकपा बकैयाका अध्यक्ष नारायण तिमल्सिना र सचिव भक्तबहादुर खत्रीलाई पार्टीको हित विपरीत कार्य गरेको भन्दै अनुशासनको कारवाही गर्दै दुबै जनालाई पद मुक्त गर्दै अध्यक्षमा दाहाल र सचिवमा भोम्जनलाई चयन गरिएको नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिनुभयो । नेकपा केन्द्रीय सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यतामा भएको गाउँ भेलामा नेकपा मकवानपुरकी जिल्ला सचिवालय सदस्य पदमा पौडेल, कमल विष्टलगायत जिल्ला सदस्य एवम् बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेलगायतको आतिथ्यता रहेको थियो ।