हेटौंडाः मकवानपुर प्रहरीले बिभिन्न स्थानबाट अबैध रुपमा नदिजन्य पदार्थ (ढुङ्गा, गीट्टी, बालुवा) ढुवानी गर्ने ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले भिमफेदी गाउँपालिका–१ सानटारबाट ना ५ त ७०४५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
भीमफेदी–१ स्थित खोलामा अबैध रुपमा नदिजन्य पदार्थ ढूङ्गा लोड गर्दे गरेको ना ५ त ७०४५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१८ खहरे खोलाबाट ना. ६ त ५३८६, ना ४ त ८०८२ र एउटा अनटेस्ट ट्याक्टरलाई नियन्त्रणमा लिईको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नियन्त्रणमा लिईएको ट्याक्टरलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति मकवानपुरमा पठाईएको प्रहरीले जनाएको छ ।