मकवानपुर– कोरोना संक्रमणबाट बुधबार (आज) हेटौंडा–९ का दुई जना पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणबाट आज एकै दिन हेटौंडा–९ का ६८ वर्षिय र ७७ वर्षिय दुई जना पुरुषको मृत्यु भएको हो ।
६८ वर्षिय पुरूषकाे बुधबार भरतपुर अस्पतालमा उपचारका क्रममा र ७७ वर्षिय पुरूषको घरमै मृत्यु भएको ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो । गत असोज २७ गते (मंगलबार) ज्वरो, खोकी र स्वासप्रश्वसमा समस्या आई अस्पतालमा भर्ना हुनुभएका ६८ वर्षिय पुरूषमा बुधबार कोरोना पुष्टी भएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि कोभिड आईसियुमा राखी भेन्टिलेटरको सहायतमा उपचार भईरहेकोमा बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै ७७ वर्षिया पुरूषको घरमै मृत्यु भएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँलाइ सामान्य दमको समस्या रहेकाे उहाँले बताउनुभयाे ।