मानवसेवा आश्रम मुख्य कार्यालय हेटौँडाले डेढ महिनादेखि आईसियुमा उपचारत ६५ बर्षीय फुलमाया राईको पौष २४ गते उद्धार गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा बसोवास गर्दै आउनुभएकी फुलमाया विगत डेढ महिनादेखि हेटौँडा अस्पतालमा उपाचारक्त हुनुहन्थ्यो ।
उहाँकाे उपमहानगरपालिकाको समन्वयमा उद्धार गरिएको मानवसेवा आश्रम मुख्य कार्यालय हेटौँडाका अभियन्ता हामेनाथ पाैडेलले बताउनुभयाे । ठेला व्यवसायकाे सहायताबाट जिवन गुजारा गर्दै आउनुभएको फुलमायाको हेरचाह र पालनपोषणको लागि कोही नरहेको उपमहानगरपालिकाले जनाएकाे छ । आफन्तको नाममा भएको एउटा छोराले समेत आमाप्रतिको जिम्मेवारी पुरा नगरेपछि फुलमाया एक्लिनुभएको स्थानीयले बताएका छन् ।
जसोतसो जिवन गुजारा गरिरहनु भएकी फुलमायाको मुटुमा समस्या देखिएको हेटौँडा अस्पतालले जनाएको छ । हाल फुलमाया मानवसेवा आश्रम हेटौँडाको संरक्षणमा हुनुहुन्छ । उहाँको हेरचार, उपचार र पालनपोषण मानवसेवा आश्रमले गर्नेछ । मानवसेवा आश्रमले २०६९ सालदेखी नै देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको सेवा गर्दै आइरहेको छ ।