मकवानपुर– हेटौंडामा सहकारी ऐन, २०७४ को बारेमा अन्तरक्रिया कार्यक्रम भएको छ । हेटौंडा ४ मा रहेको श्री मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्था लिको आयोजनामा संस्थाका शेयर सदस्यहरुको उपस्थितीमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

संस्थाको वार्षिक कार्यक्रम अन्र्तगत सहकारी ऐन, २०७४, प्रादेशिक सहकारीको नीति नियम र व्यवस्था विषयमा अन्तरक्रिया गरि छलफल गरिएको थियो । सहकारीका शिक्षा उपसमितिका संयोजक रुद्र खनालको सभाध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश ३ का शाखा अधिकृत इमनाथ कंडेलको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा अधिकृत कंडेलले सहकारी ऐन र नीति नियमको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै हेटौंडा उपमहानगरपालिकाका अर्थिक विकास महाशाखा प्रमुख रामकृष्ण थापाले सहकारीको महत्व, उद्देश्य र नियमनका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष निर्जा उप्रेती, कोषाध्यक्ष सुवोध भट्टराई, लेखा समितिका संयोजक हरिप्रसाद रिजाल, सचिव भोगेन्द्र लुईटेल, शिक्षा उपसमितिका सदस्य रामप्रसाल प्रसाई लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । अन्तरक्रियामा सहकारीका करीब ७० जना शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।