मधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा हिजो बिदा दिएको प्रदेश सरकारले आज पनि मधेस बलिदानी दिवसको अवसरमा पनि सार्वजनिक बिदा दिएको हो ।
मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको निधन भएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । प्रदेश सरकारले यसवर्ष सप्तरीको राजधानीमा माघ ५ गते विशेष कार्यक्रम गरी मनाउन लागेको छ ।