हेटाैंडा, चैत्र ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले हर्मुज जलमार्गमा नाकाबन्दी गर्ने जनाएको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत सबै जहाजहरूको आवागमन नियन्त्रण गर्ने बताएका छन् ।
अमेरिकाले इरानसँग सम्बन्धित जहाजहरूलाई रोक्ने र जाँच गर्ने जनाएको छ भने अन्य देशका जहाजलाई अवरोध नगर्ने बताइएको छ । विश्वको महत्वपूर्ण ऊर्जा मार्ग मानिने हर्मुजबाट करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने भएकाले यस कदमले विश्व बजारमा असर पर्ने चिन्ता बढेको छ ।
अमेरिका–इरानबीच भएको शान्ति वार्ता असफल भएपछि तनाव बढेको हो । इरानले भने अमेरिकी मागकै कारण सहमति हुन नसकेको आरोप लगाएको छ । यसैबीच, इरानले हर्मुज क्षेत्रमा विदेशी सैन्य गतिविधि बढे कडा कारबाही गर्ने चेतावनी दिएको छ ।











