मकवानपुर । मदन भण्डारी फाउण्डेसन मकवानपुरले नेपालीहरुको विशेष पर्वहरु बडा दशै, तिहार, नेपाल सम्वत तथा छठ लगायत संपूर्ण पर्वहरुको उपलक्ष्यमा शुभकामना अदान–प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । बुधबार बसेको फाउण्डेसनको बैठकले सम्पूर्ण चार्ड पर्वहरुको उपलक्ष्यमा यहि असाज २७ गते शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले मासिक रुपमा एउटा रचनात्मक कार्यक्रम गर्ने गरेकोमा यो महिना चार्डपर्वहरुको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो । सोहि अनुसार असार २७ गते बिहान ७ः३० बजे हेटौंडा–४, स्थित क्लब हेटौंडामा मकवानपुरका सम्पूर्ण राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्थालगायतको सहभागिता रहने गरि शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजन ागर्न लागिएको अध्यक्ष खुलालले बताउनुभयो ।
त्यस्तै बैठकले यस अघि आयोजना गरेको कार्यक्रमको समिक्षा गर्नुका साथै कार्यक्रम प्रभावकारी बनाउन उपस्थित हुनुहुने प्रमुख अतिथि लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको उहाँले बताउनुभयो । यस अघि भाद्र ३० गते आजको सन्दर्भमा मदन भण्डारीको बिचार शीर्षकको खुला कविता प्रतियोगिता आयोजना गरिएको थियो । यस्तै बैठकले आर्थिक वर्ष २०७९÷८० को आयव्यय विवरण अनुमोदन गर्नुका साथै फाउण्डेसनको सदस्यता नविकरणलाई निरन्तरता दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । साथै बैठकले भर्खरै सम्पन्न नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशनबाट फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलाल, कार्यसमिति सदस्य गणेश कुमारी प्रधान एवम् साधारण सदस्यहरु बद्री लम्साल, गोपाल बहादुर श्रेष्ठ, भगवती पुडासैनी प्रदेश सदस्यमा निर्वाचित हुनु भएकोमा निर्वाचित सम्पूर्णलाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।