मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले बुधबार पार्टीमा आवद्ध २३ वटै जनवर्गीय संगठनसँग छलफल गरेको छ । एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा संगठन निर्माण/विस्तार एवम् आगामी निर्वाचनलगायत समसामयिम विषयमा प्रशिक्षणात्मक छलफल गरेको हो ।

पार्टी कार्यालय हेटौंडामा भएको छलफलमा जनवर्गीय संगठनहरुलाई स्थानीय तह निर्वाचनमा केन्द्रित भएर काम गर्न निर्देशन गरिएको छ । छलफलमा २३ वटै जनवर्गीय संगठनलाई पार्टी जिल्ला कमिटीको निर्णय कार्यान्वयन गर्न, संगठन निर्माण र बिस्तार द्रुत गतीमा अगाडी लैजान साथै आगामी निर्वाचन केन्द्रित कृयाकलापहरु सञ्चालन गर्न निर्देशन गरिएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सबै संगठनका अध्यक्ष एवम् केन्द्रिय सदस्यहरुले सुझावसहित गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । भने, पार्टी अध्यक्ष श्रेष्ठले आगामी कार्यक्रमका बारेमा जानकारसहित निर्देशन दिनुभएको थियो । प्रशिक्षणात्मक छलफल कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर राना, केन्द्रिय सदस्य एवम् मकवानपुर सहईन्चार्ज जुनेली श्रेष्ठ, प्रदेश सदस्यहरु रघुनाथ खुलाल, जिल्ला उपाध्यक्ष लालबहादुर श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । छलफलमा प्रदेश सदस्य पद्मा पौडेल, श्याम श्रेष्ठ, जिल्ला सचिव नविन सिग्देललगायतको पनि सहभागिता थियो ।