हेटौँडा – बागमती प्रदेश सभाको बैठक आगमी फागुन १६ गते बस्ने भएको छ । गत पुस ८ गते स्थगित प्रदेश सभाको बैठक आगामी फागुन १६ गते बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
सभामुख सानुकुमार श्रेष्ठले बुधबार आव्हान गर्नु भएको सर्वदलिय वैठकमा प्रदेशसभाको वैठक फागुन १६ गते राख्ने विषयमा दलहरुबीच सहमति भएको सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयाे । सभामुख सानुकुमार श्रेष्ठले बोलाउनु भएको सर्बदलीय बैठकमा फागुन १५ गते पुनः सर्वदलीय वैठक बस्ने र फागुन १६ गते प्रदेशसभाको वैठक बोलाउने विषयमा दलहरुबीच सहमति भएको हो । आज बसेको सर्वदलीय वैठकमा सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुको सहभागिता थियो ।