अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ती विवरण नबुझाउने संघीय तहका ११ हजार एक सय ६० जना सरकारी कर्मचारीलाई जनही पाँच हजार रुपैया जरिवाना गर्ने निर्णय गरेको छ । अख्तियारको आज बसको बैठकले सम्पत्ति विवरण समयमा नबुझाएको भन्दै दुई हजार पाँच सय चार निजामती कर्मचारी, नेपाल प्रहरीका एक सय ११, शिक्षक सात हजार छ सय १३ जना र अन्य एक हजार चार सय ३२ जनालाई जनही पाँच हजार जरिवाना गरी सम्पत्ति विवरण बुझाउनलगाउने निर्णय गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।
यस्तै, प्रदेश तहमा काम गर्ने पाँच सय ५४ जनालाई पनि कारबाही गर्न सम्बन्धित प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाएको अख्तियारका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । स्थानीय तहका चार हजार पाँच सय ३४ जनाले पनि सम्पत्ति विवरण नबुझाएकाले जनही पाँच हजार जरिवाना गरी सम्पत्ती विवरण भर्न लगाउन भनिएको अख्तियारले जनाएको छ ।